Search By Titles

Filter by Tags

Bhimad News Event

तनहुँको भिमाद नगरपालिका–६ स्थित मालेबगरमा खोलाले बगाएकालाई सकुशल उद्धार

Amrit Pariyar

तनहुँ । तनहुँको भिमाद नगरपालिका–६ स्थित मालेबगरमा खोलाले बगाएका छ जनालाई शुक्रबार सकुशल उद्धार गरिएको छ । घिरिङबाट भिमादतर्फ आउँदै गरेको ग१च ५१९० नम्बरको बोलेरो जिपलाई खोला तर्ने क्रममा बगाएपछि त्यहाँ रहेका सबैलाई प्रहरीले उद्धार गरेको थियो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाका अनुसार एक महिला, चार पुरुष र एक बालक जिपमा सवार थिए । घटनामा मानवीय क्षति नभए पनि जिप भने खोलामा डुबेको अवस्थामा रहेको उनको भनाइ थियो

बिहीबार रातिदेखि पानी परेकाले खोला बढेको अवस्थामा जिप पार हुन लाग्दा बगाएको खबर पाएपछि भिमादस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक सुरज सदाशङ्करको नेतृत्वमा सात प्रहरी टोली घटनास्थल पुगेको थियो ।

Do you have a Business in Bhimad?

List out your services, locations and contact details for FREE!!!

Get Started