तनहुँको भिमाद नगरपालिका ६ जलौदीमा सिम्बोट युवा क्लबले सत्यदेवी मन्दिर साथै , बासपानी पधेरो र तालेकुना पधेरो सरसफाई गरेका छन् । लामो समयदेखि सामाजिक कार्यहरूमा अग्रसर हुँदै आइरहेको क्लबले हिन्दुरहरुको महान चाड दशैं नजिकिँदै गर्दा गाउँ, टोल सरसफाई गर्ने कार्यक्रम अन्तर्गत आज ( शनिबार ) मन्दिर वरपर सरसफाई गरेको क्लबका अध्यक्ष शंखर नेपालीले जानकारी दिए । करिब १०० जनाको सहभागितामा दैनिक रुपमा उपभोग गर्दै आइरहेको खानेपानी पधेरो र मन्दिर वरपर सरसफाई गरेको उनले बताए । पिउने पानी शुद्द र सफा हुनुपर्ने हुनाले सरसफाइमा विशेष ध्यानदिनुपर्ने क्लब बताएको छ ।
