Search By Titles

Filter by Tags

Bhimad News Event

ऋषिङ्ग गाउँपालिका द्वारा दोश्रो अध्यक्ष कपको आयोजना

Amrit Pariyar

तनहुँको ऋषिङ्ग गाउँपालिकाले दोश्रो ऋषिङ्ग अध्यक्ष कप आयोजना गरेको छ । ऋषिङ्ग समृद्धिको आधार , कृषि संस्कृति पर्यटन र पूर्वाधार भन्ने नारा सहित दोश्रो अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको आयोजना गरेको गाउँपालिकाले जनाएको छ। दोश्रो अध्यक्ष कपमा प्रथम , दृतीय र तृतीय हुने टिमले क्रमश १ लाख ४० हजार , १ लाख र ६० हजारको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै सो प्रतियगिता मंसिर १८ देखि २२ गते सम्म संचालन हुने छ । युवाहरुको खेल कौशललाई वृद्धि गर्दै योग्य खेलाडी उत्पादन गर्न साथै युवाहरुलाई खेलकुदमा पनि भविष्य सुनिश्चित रहेको महसुश गराउन गाउँपालिकाले प्रतियोगिताको आयोजना गर्दै आएको ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए ।

Do you have a Business in Bhimad?

List out your services, locations and contact details for FREE!!!

Get Started