Search By Titles

Filter by Tags

Bhimad News Event

रक्त समुहको अभिलेख राख्ने, किसानको काममा सघाउने एमाले भिमादको निर्णय

Amrit Pariyar

नेकपा एमाले भिमाद नगर कमिटिले संगठित सदस्य सबैको रक्त समुह पहिचान गरेर अभिलेख राख्ने भएको छ । बिरामीलाई रगत अभाव भएको बखत रगतदान गर्नलाई सघाउने उदेश्य राखेर पार्टीले संगठित सदस्यको रक्त समुह पहिचान गरी अभिलेख राख्ने निर्णय गरेको हो । नेकपा माओवादी केन्द्रसंगको एकता प्रकृया भंग भएपछि हालै बसेको एमाले भिमाद नगर कमिटिको पुर्ण बैठकले गरेको निर्णय बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी गराउँदै अध्यक्ष ईमानबहादुर थापाले भने, ‘भिमादमा एक हजार ५० जना संगठित सदस्य हुनुहन्छ । सबैको रक्त समुह छुट्टाएर पार्टी कार्यालयमा अभिलेख राख्छौँ । कहीँकतै विरामीलाई आवश्यक परेको बखतमा रगत दिएर जिवनदान प्रदान गर्ने काम गर्नेछौँ ।’ यो कार्यक्रमले जनताको सुुखदुखमा एमाले पार्टी जोडिने उनको दाबी छ ।

पार्टीले भिमाद नगर क्षेत्रभित्र रहेको पर्यटकीय स्थलको सरसफाई अभियान पनि चलाउने उनले जनाए । महिनामा एक दिन पार्टीका नेता कार्यकर्ता पर्यटकीय क्षेत्रको सरसफाईमा जुट्ने नगर कमिटि अध्यक्ष थापा बताउँछन् । ‘यो महिना सुरु हुने अभियान देशकै उत्कृष्ट एक सय गन्तव्यमा सुचिकृत सिद्धगुफा सरसफाई गर्दै थालनी हुनेछ । नगरका नौ वटा वडामा रहेको पर्यटकीय गन्तव्यमा सरसफाई अभियान पु¥याईनेछ ।’ सरसफाई अभियानले पर्यटकीय स्थलको प्रबद्र्धनमा पनि सघाउने उनको विश्वास छ ।

‘किसानसँग एमाले’ कार्यक्रम समेत चलाउने निर्णय भएको नगर कमिटिका सचिव उमाकान्त श्रेष्ठले बताए । यो अभियानमा किसानसँग पार्टी खेतबारीमा पुग्नेछ । एमालेमा आस्था राख्ने मात्रै नभएर जुनसुकै पार्टीमा आबद्ध अप्ठ्यारोमा परेका किसानलाई खेती लगाउनदेखी थन्काउनेसम्मको काममा सघाउने उनले बताए । विपन्न, अपांग, अशक्त किसानलाई ‘किसानसँग एमाले’ कार्यक्रमले प्राथमिकता दिने जनाईएको छ । यस्तै, १५ असोजभित्र सबै वडामा वडा कमिटिको भेला र बैठक राख्ने, असोज मसान्तसम्म पार्टीका जनवर्गीय संगठनको नगर भेला सम्पन्न गर्ने नगर कमिटिको निर्णय गरेको छ । भिमाद नगर कमिटिले १० असोजमा भिमाद बजारमा बृहत कार्यकर्ता भेला गर्ने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । बृहत कार्यकर्ता भेलालाई नेकपा एमालेका स्थायी कमिटि सदस्य किरण गुरुङ, नेकपा एमाले गण्डकी प्रदेश कमिटि सचिव तथा पुर्व मन्त्री जगत विश्वकर्मा लगायतले सम्बोधन गर्ने तय भएको छ ।

Do you have a Business in Bhimad?

List out your services, locations and contact details for FREE!!!

Get Started