Search By Titles

Filter by Tags

Bhimad News Event

नेपाल उत्पीडित जातिय मुक्ति समाज घिरिङ्गको अध्यक्षमा परियार चयन

Kiran M Subedi
असोज १७ घिरिङ्ग । नेपाल उत्पीडित जातिय मुक्ती समाज घिरिङ्गको प्रथम भेला बाट अन्जान परियार को नेत्तृत्वमा समिती गठन भएको छ। उक्त भेलाले उपाध्यक्षमा नारायणी सुनार, सचिवमा दिल कुमार बिक, सह सचिबमा सोमान सिं रामदाम र कोषाध्यक्षमा बिस्णु मायाँ नेपाली सहित ५१ जना सदस्यीय समिती गठन गरेको छ। नवनिर्वाचित परियारले आफूलाई अध्यक्ष पदको जिम्मेवारी दिनुहुने भेलाका सम्पुर्ण लाई धन्यवाद ब्यक्त गर्दै जातियताका कारण भएका घटनाहरुलाई आफ्नै नेत्तृत्वमा पिडितलाई न्याय दिलाउने पहल गर्ने प्रतिबद्धता जनाएका छन। विभिन्न जातिय संस्थाहरुको माध्यम बाट दलित समुदायको हक अधिकारको लागि आवाज उठाउदै आएका उनले नेकपा एमाले पार्टिको एउटा जिम्मेवारि पाएकोले अझ बढी सशक्त बनाएको परियारले बताएका हुन।

उत्पीडित जातिय मुक्ती समाज घिरिङ्गका इन्चार्ज एबम नेकपा एमाले घिरिङ्गका सदस्य गोपाल बिकको अध्यक्ष्ातामा सम्पन्न भएको कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथी नेपाल उत्पीडित जातिय मुक्ती समाजका केन्द्रिय सदस्य एबम नेकपा एमाले जिल्ला सदस्य बाबुराम सुनारले नेकपा एमालेको भातृ संगठनको एउटा शक्तिशाली अंग नेपाल उत्पीडित जातिय मुक्ती समाज भएकोले दलित समुदाय बाट पनि हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्ने खुबी भएका ब्याक्तित्व हरुको कमी छैन, त्यसैले अब राजनितीक नेतृत्वमा दलित कोटा मात्र नभएर खुल्लातर्फ बाट पनि आउन सकिने सुनारले बताएका हुन। दलित समुदायको समान हक अधिकार सुनिश्चितताको लागि दलितहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताउदै दलित लाई जातिय विभेद हुंदा सहेर बस्न नहुने समेत उनले बताएका छन।

यस्तै उत्पीडित जातिय मुक्ती समाज तनहुँ जिल्ला अध्यक्ष सिताराम सुर्खालिले आफ्नो सीप लाई ब्यवसायिक बनाउदै शिक्षालाई अगाडि बढाएर नेत्तृत्वमा पुग्ने योग्यता भएका दलित समुदाय भित्र धेरै जन्मिएका छ्न, " अब जातिय विभेद भएमा प्रतिबाद गरेर कानुनी कार्वाहि गर्न सकिने बताएका हुन। नेकपा एमाले सर्बहारा , उत्पीडित ,गरिब बर्गको उत्थान गर्ने पार्टी भएकोले पार्टी बाट पनि यस्ता घटनामा तुरुन्तै सहयोग हुनु पर्ने बताएका छन। " 


नेपाल उत्पीडित जातिय मुक्ती समाजका जिल्ला सचिब भुवन बिक, नेकपा एमाले तनहुँ जिल्ला सचिवालय सदस्य  घिरिङ्का इन्चार्ज होम बहादुर थापा र अध्यक्ष इन्द्र बहादुर थापा , नेपाल उत्पीडित जातिय मुक्ती समाजका प्रदेश सदस्यहरु भरत लामघादे, मनिसा बिक, जिल्ला सदस्य रितु नेपाली र पुर्व जिएम बिस्णु ढकाल लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए।

Do you have a Business in Bhimad?

List out your services, locations and contact details for FREE!!!

Get Started