Search By Titles

Filter by Tags

Bhimad News Event

नेपाल युनाइटेड क्लबले उचाल्यो प्रथम ८ ए साईड तिजको उपाधी

Amrit Pariyar

भिमाद | हिन्दूनारीहरुको महानपर्व हरितालिका तीजको अवसरमा क्याम्पसरोड युवा क्लबले आयोजना गरेको प्रथम ८- ए साईड फुटबल प्रतियोगिताको उपाधी  नेपाल युनाइटेड क्लब भिमादले उचालेको छ । बिहीबार ब्रोदर्स गेमिङ युनाईटेड र नेपाल युनाईटेड क्लब बीच भएको फाइनल खेलमा नेपाल युनाइटेड क्लबले ब्रोदर्स युनाईटेडलाई २-० गोलले पराजीत गर्दै क्लबले उपाधी उचाल्न सफल भएको हो । नेपाल युनाइटेड क्लबको तर्फ बाट दुवै गोल जर्सी नं १० का विनोद घिमिरेले गरेका थिए ।   प्रतियोगीताको उपाधी उचाल्दै नेपाल युनाइटेड क्लबले खशी शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । भने ब्रोदर्स गेमिङ् युनाईटेड क्लबले बोका , शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।   भाद्र २० गते देखि भाद्र २४ गते सम्म  भिमाद रंगशालामा संचालन भएको प्रतियोगितामा १५ टिमको सहभागिता रहेको आयोजक क्याम्पसरोड युथ क्लबले जनाएको छ  ।

Previous Next
Do you have a Business in Bhimad?

List out your services, locations and contact details for FREE!!!

Get Started