Search By Titles

Filter by Tags

Bhimad News Event

नेपाली कांग्रेस सुधारको बाटोमा अगाडि बढेको नेपाली काँग्रेसका वरिष्ठ नेता पौडेलको भनाई

Amrit Pariyar

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस सुधारको बाटोमा अगाडि बढेको बताउनुभएको छ ।नेपाली कांग्रेस भिमाद नगर समितिले बिहीबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले कांग्रेस सुधारको बाटोमा अगाडि बढ्न खोजेको आभास हुन थालेको बताउनुभयो । 'कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत देशभर महाअभियान चलिरहेको छ', वरिष्ठ नेता पौडेलले भन्नुभयो, 'कांग्रेसमा लहर आएको छ, यसले नेपालमा लोकतन्त्रको भविष्य सुनिश्चित छ भन्ने आभास हुन थालेको छ ।' उनले तल्लो तहबाटै कांग्रेसमा आकर्षण बढेको उल्लेख गर्दै कांग्रेसलाई सुधार र सिद्धान्तको बाटोमा अगाडि बढाउने सङ्कल्प देखा परेको छ भन्नुभयो ।

"सुदूरपश्चिमदेखि पूर्वसम्म, हिमालदेखि तराईसम्म कांग्रेसमा नयाँ जागरण देखा परेको छ । यसले निश्चय नै नेपालको राजनीति, लोकतान्त्रिक मान्यता र परिवर्तनलाई संस्थागत गर्न सहयोग पुग्छ" उहाँले भन्नुभयो । नेता पौडेलले दुई तिहाई मत प्राप्त कम्युनिष्ट पार्टी विभाजित भए पनि कांग्रेस त्यत्तिकै ढुक्क हुने अवस्था नरहेको बताउनुभयो । "कांग्रेसको प्रमुख विपक्षी कम्युनिष्ट पार्टी हो", उहाँले भन्नुभयो, "अरु फुटे भनेर हामी रमाउने होइन, हामीले आफ्नो सङ्गठन बलियो बनाउनुपर्छ । हामी आफैमा सजग र प्रतिवद्ध भएर अगाडि बढ्नुपर्छ ।"

तनहुँका दशवटै पालिकाबाट विजयी भएर आएका सबै नेता तथा कार्यकर्तामा आफ्नो अनुहार देखेको भन्दै वरिष्ठ नेता पौडेलले यो वा त्यो भनेर कित्ता छुट्याउन नहुनेमा जोड दिनुभयो ।‘कांग्रेसलाई लोकतान्त्रिकरण र रुपान्तरण गर्ने उत्साह लिएर निर्वाचित भएर आएका सबैमा मैले मेरो अनुहार देखेको छु’ उहाँले भन्नुभयो ।


नेपाली कांग्रेस भिमादका सभापति अरविन श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति बैकुन्ठनाथ न्यौपाने, कार्यवाहक सभापति जीतप्रकाश आले, पूर्वमन्त्री एव्म कास्कीको पूर्व सभापति यज्ञ बहादुर थापा, संविधान सभा सदस्य एव्म नेपाली कांग्रेस क्षेत्र नम्बर २ का कार्यवाहक सभापति झुल बहादुर आले, नेपाली कांग्रेसका क्षेत्रिय सभापति किसान गुरुङ्ग, सहसभापति एव्म ऋषिङ्ग गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, कांग्रेस महासमिती सदस्य रामचन्द्र अधिकारी, राष्ट्रिय सभाका सदस्य प्रकाश पन्थ, गण्डकी प्रदेशका मन्त्री एव्म महाविधेशन प्रतिनिधि दोबोटे विक, महाधिवेशन प्रतिनिधि इन्दिरा खनाल, महाविधेशन प्रतिनिधि एव्म नेविसंघ तनहुँका सभापति चुडामणि खनाल, महाधिवेशन प्रतिनिधि मिलन आले, कांग्रेस क्षेत्रिय प्रतिनिधि मीरा थापा आले,भिमाद ५ का वडा सभापति गणेशप्रसाद गैह्रे, नगर सचिवदया विजय थापा र नरविर आले लगयातले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो  । सो अवसरमा नेविसंघले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

Do you have a Business in Bhimad?

List out your services, locations and contact details for FREE!!!

Get Started