Search By Titles

Filter by Tags

Bhimad News Event

नेकपा एमाले भिमादकाे ६ वटा वडामा अधिवेशन सम्पन्न ३ वटामा बाँकी

Amrit Pariyar

नेकपा एमालेले शनिबारबाट देशैभर वडा अधिवेशन गरेको छ । जसमध्ये तनहुँको भिमाद नगरपालिकामा ६ वटा वडामा अधिवेशन सम्पन्न भएको छ । ९ वडा रहेको भिमादमा अव ३ वडामा अधिवेशन बाँकी रहेको छ । जसमध्ये १,६ र ७ वडामा अधिवेशन बाँकी छ । वडा नं २ को अध्यक्षमा घनश्याम लम्साल, उपाध्यक्षमा प्रेमबहादुर राना, सचिवमा धनबहादुर थापा, उपसचिवमा रक्षा राना र चोकबहादुर राना चयन भएका छन् । यस्तै वडा नं ३ को अध्यक्षमा डोलराज सेन, उपाध्यक्षमा रामबहादुर थापा, सचिवमा विजय मल्ल, उपसचिवमा राममाया श्रेष्ठ र धनमाया थापा चयन भएका छन् । यस्तै वडा नम्बर ४ को अध्यक्षमा निमाकान्त पौडेल, उपाध्यक्षमा तिलबहादुर थापा, सचिवमा तुलबहादुर थापा (सरोज), उपसचिवमा रेवती थापा र लोकबहादुर थापा चुनिएका छन् । यसैगरी वडा नं ५ को अध्यक्षमा तुलबहादुर थापा, उपाध्यक्षमा गोविन गुरुङ, सचिवमा नानुमाया गैह्रे, उपसचिवमा विष्णुहरी अधिकारी र टिकाराम आले चयन भएका छन् भने वडा नं ८ को अध्यक्षमा सुर्य प्रसाद पराजुली, उपाध्यक्षमा तेजेन्द्र श्रेष्ठ, सचिवमा शुसिल शाही, उपसचिवमा सन्तोष थापा र नारायण भुजेल चयन भएका छन् । यस्तै वडा नम्बर ९ को अध्यक्षमा रनबहादुर थापा, उपाध्यक्षमा देवी मोक्तान आले, सचिवमा शिवकुमार आले चयन भएका छन् ।

Do you have a Business in Bhimad?

List out your services, locations and contact details for FREE!!!

Get Started