Search By Titles

Filter by Tags

Bhimad News Event

लायन्स क्लब अफ भिमाद सुमिरानद्वरा भिमाद रंगशालामा सरसफाई कार्यक्रम

Amrit Pariyar

भिमाद ।लायन्स क्लब अफ भिमाद सुमिरानले आइतबार भिमाद नगरपालिका ६ स्थित भिमाद रंगशालामा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न सामाजिक कार्यहरूमा अग्रसर हुँदै आइरहेको लायन्स क्लव भिमाद सुमिरानले आगामी दिनमा थप सामाजिक कार्यहरूमा लायन्सहरु एकजुट हुने लायन्स क्लव अफ भिमाद सुमिरानकी अध्यक्ष जानुका थापाले जानकारी दिनुभयो । पछिल्लो सबै व्यक्तिहरू आफ्नै व्यक्तिगत जीवनमा व्यस्त हुनाले सार्वजनिक स्थलहरूको संरक्षण , सामाजिक कार्यहरूमा संग्लन नहुनाले सार्वजनिक सम्पत्तिको संरक्षण कमी आउने गरेको थापाले बताउनुभयो । आफ्नो गाउँठाउँमा भएको सार्बजनिक स्थलको संरक्षण साथै सामजिक कार्यमा जुट्नको लागि प्रेरित गर्न सरसफाई कार्यक्रमको आयोजना गरेको उहाँले बताउनुभयो । संगम टोल विकास संस्था भिमाद ६ शान्तिनगर , उन्नति आमा समूह ठाडो लाइन , लायन्स क्लव अफ भिमाद सुमिरानका लायन्सहरु मिलेर सरसफाई गरेका हुन् ।

Do you have a Business in Bhimad?

List out your services, locations and contact details for FREE!!!

Get Started