Search By Titles

Filter by Tags

Bhimad News Event

जनप्रिय युवा क्लबद्वारा भलिबल प्रतियोगिताको आयोजना

Amrit Pariyar

हिन्दूहरूको दोश्रो ठुलो महान चाड तिहारको अवसरमा जनप्रिय युवा क्लब भिमाद ४ रजिडाँडाले दोश्रो गाउँ स्तरिय जूनियर भलिबल प्रतियोगिता आयोजना गरेको छ । युवाहरुको खेलकौशललाई वृद्धि गर्न साथै भाइचारा कायम गर्नको निम्ति प्रतियोगिताको आयोजना गर्न लागेको जनप्रिय युवा क्लबले जनाएको छ । प्रतियोगीता कार्तिक १६ गते देखि कात्तिक २१ गते सम्म संचालन हुनेछ । उक्त प्रतियगितामा  प्रथम र दृतिय र तृतीय हुने टिमले क्रमश २२,२२२  , १४,४४४ र ७,७७७ हजारको  साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने  जनप्रिय युवा क्लबका अध्यक्ष शन्तुराम थापाले जानकारी दिए । साथै वेस्ट स्पाइकर , वेस्ट प्लेयर एबम् वेस्ट डिफेन्डर लाई पुरस्कारको व्यवस्था रहेको उनले बताए ।   

खेल समूहले १५,१६ गते टिम दर्ता गराउन सक्ने छन् 

।  टिम दर्ता शुल्क २ हजार ५ सय तोकिएको क्लबले जनाएको छ ।

Do you have a Business in Bhimad?

List out your services, locations and contact details for FREE!!!

Get Started