Search By Titles

Filter by Tags

Bhimad News Event

हिन्दू नारीहरुको महानपर्व हरितालिका तीजको अवसरमा फुटबल प्रतियोगिता

Kiran M Subedi

भिमाद, हिन्दू नारीहरुको महानपर्व हरितालिका तीजको अवसरमा क्याम्पसरोड युवा क्लबले प्रथम ८- ए साईड फुटबल प्रतियोगिताको आयोजना गरेको छ । युवाहरुको खेलकौशललाई वृद्धि गर्न साथै भाइचारा कायम गर्नको निम्ति प्रतियोगिताको आयोजना गर्न लागेको क्याम्पसरोड युवा क्लबले जनाएको छ । प्रतियोगीता भाद्र २० गते देखि भाद्र २४ गते सम्म भिमाद रंगशालामा संचालन हुनेछ । उक्त प्रतियगिताको विजेताले खसी सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेता हुने समूहले बोका , शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । साथै सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई नगद र मेडलको व्यवस्था रहेको आयोजकले जनाएका छन् । कोरोना विगत लामो समयदेखिको बन्दाबन्दिको कारण विभिन्न खेलकुदका गतिबिधहरु ठप्प भई रहँदा युवा जोशलाई एकीकृत गर्न लागेको क्लबले जनाएको छ ।

Do you have a Business in Bhimad?

List out your services, locations and contact details for FREE!!!

Get Started