Search By Titles

Filter by Tags

Bhimad News Event

हरिबोधनी एकादशीको अवसरमा आयोजित भलिबल प्रतियोगिता सम्पन्न

Amrit Pariyar

हरिबोधनी एकादशीको अवसरमा जनशान्ती युवा क्लब भिमादले आयोजना गरेको खुल्ला गाउँ तथा साबिक वडा स्तरिय पुरुष सिनियर भलिबल , वडा स्तरिय महिला भलिबल , तथा सेभेन ए साइड फुटबल प्रतियोगिता सम्पन्न भएको छ । युवा एकता हाम्रो अभियान , समुन्नत समाज हाम्रो उद्देश्य भन्ने नारा सहित आयोजना गरेको पुरुष भलिबल प्रतियोगिताको उपाधि भने डेढगाउँ भलिबल क्लब उचालेको छ । सोमबार भएको फाइनल खेलमा ३-० अङ्कले पिरुङ्ग स्पोर्ट्स क्लबलाई पछि पार्दै उपाधि उचाल्न सफल भएको हो । पुरुष भलिबल प्रतियगिताको उपाधी उचाल्दै ७० हजारको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने पिरुङ्ग स्पोर्टस क्लबले ४० हजारको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै महिला भलिबल प्रतियोगिताको उपाधि भने कालिका पुन मगर युथ क्लबले जनशान्ती युवा क्लबलाई पराजीत गर्दै विजयी बनेको छ । महिला भलिबल प्रतियोगितामा प्रथम र द्धितीय हुने टिमले क्रमश २५ र १५ हजारको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको जनशान्ती युवा क्लबले जनाएको छ । यस्तै पुरुष फुटबल प्रतियोगिताको उपाधि भने प्रगति युवा क्लबले उचालेको छ । वरपिपल युवा क्लब थाङ्दी लाई पराजित गर्दै प्रगति युवा क्लबले प्रतियोगिताको उपाधि जितेको हो । फुटबल प्रतियोगितामा प्रथम र द्धितीय हुने टिमले क्रमश २०,१० हजारको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको जनशान्ती युवा क्लब भिमादका अध्यक्ष पदम कुमार श्रेष्ठले जानकारी दिए ।


Do you have a Business in Bhimad?

List out your services, locations and contact details for FREE!!!

Get Started