Search By Titles

Filter by Tags

Bhimad News Event

भिमगोफा मोटरमार्ग सडक खण्डको सिँहालेमा पहिरो

Amrit Pariyar

तनहुँ । जिल्लाको भिमाद नगरपालिका -३ स्थित भिमगोफा मोटरमार्ग सडक खण्डको सिँहालेमा पहिरो गएको छ । 

केहिदिन यताको लगातार वर्षाका कारण सोमबार बिहान करिब ४ः३० बजेतिर पहिरो खस्दा भिमगोफा मोटरमार्ग पूर्णरुपमा अवरुद्ध भएको स्थानीय मदन सिग्देलले भिमादबजार डटकमलाई जानकारी दिए । यस्तै पहिरो खसेपछि एक घर जोखिममा रहेको पनि उनले बताए । 

पिरुङ, रजिडाँडा लगायत क्षेत्रका मानिसहरु भिमाद आवतजावत गर्न दैनिक यसै सडकखण्ड प्रयोग गर्ने भएकाले सडक अवरुद्ध भएसँगै आवतजावतमा समस्या परेको छ । 

पहिरो खसेपछि स्थानीय केदार सिग्देलको घर जोखिममा परेको छ । यसबाट क्षति पुग्नु अगावै सम्बन्धित निकायको बेलैमा ध्यान जान आवश्यक रहेको उनले बताएका छन्

    

    

  


Tags

Do you have a Business in Bhimad?

List out your services, locations and contact details for FREE!!!

Get Started