Search By Titles

Filter by Tags

Bhimad News Event

पिपलडाँडा भ्युटावर

Amrit Pariyar

तनहुँको भिमाद नगरपालिका ८ अवस्थित पिपलडाँडा भ्युटावर पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटहरुको रोजाइ बन्दै गएको छ । प्रकृतिको मनोरम दृश्यअवलोकन गर्नका साथै प्रकृतिको काखमा रमाउन दैनिक करिब १५० भन्दा बढी पर्यटक पिपलडाँडा भ्युटावर सम्म पुग्ने गर्दछन् । भिमादनगरपालिकाको गौरवको रुपमा विकसित हुँदै गरेको पिपलडाँडा भ्युटावर  भिमाद बजारबाट ६ किलोमीटर भिमभैरव मोटरमार्ग ठाटीथोकबाट करिब २०० मिटर दक्षीणतर्फ अवस्थित रहेको छ । आर्थिक वर्ष ०७७/०७८ मा प्रदेश सरकार मार्फत् डिभिजन वन कार्यालय तनहुँको सहयोगमा १२ लाख आर्थिक सहयोग र स्थानीयको ३ लाख बराबरको जनश्रमदान पछि अहिले आकर्षक हरितपार्क निर्माण गरिएको पिपलडाँडा विकास समितिका अध्यक्ष उज्ज्वल खनालले जानकारी दिए । प्रकृतिको अनुपम उदाहरण बनिरहेको पिपलडाँडा भ्युटावर केही वर्ष पहिले भने चर्चामा आउन सकेको थिएन । सामाजीक सञ्जाल मार्फत बिस्तारै परिचित हुँदै गए पश्चात पिपलडाँडा भ्युटावरले अहिले पर्यटकहरुको बाक्लो उपस्थिति पाउने गर्दछ । पहिला पहिला पिपलडाँडासम्म जानको लागि राम्रो बाटोपनी थिएन पछि मेरो आफ्नै व्यक्तिगत खर्चमा बाटो निर्माण गरे ," अहिले पर्यटकहरुको निम्ती आकर्षक गन्तव्य बन्न पुगेको छ , खनालले भने । आर्थिक वर्ष ०७३/७४ मा ११ लाखको लागतमा पिपलडाँडामा दृश्यअवलोकन स्तम्भ ( भ्यूटावर ) निर्माण गरिएको थियो । साथै आर्थीकवर्ष ०७७/०७८ मा २ लाखको लागतमा लागतमा शौचालय , खानेपानी ट्याङ्की , सिंढी , धारा निर्माण गरिएको छ । साथै आर्थीकवर्ष २०७८/७९ मा  नगरको गौरवमा पर्न सफल पिपलडाँडा भ्युटावरलाई थप व्यवस्थित गराउनको लागि भिमाद नगरपालिकाद्वारा १० लाख विनियोजन गरिएको पिपलडाँडा भ्युटावर विकास समितिको अध्यक्ष उज्ज्वल खनालले बताए । पिपलडाँडा भ्युटावरबाट विभिन्न हिमश्रङ्खलाको अवलोकन गर्न सकिन्छ जस्तै : माछाुच्छ्रे हिमाल , अन्नपूर्ण हिमाल , धौलागिरी हिमाल , गणेश हिमाल साथै गोरखा हिमाल देख्न सकिन्छ । यसका साथै यहाँबाट कास्की तथा तनहुँका विभिन्न स्थलहरु देख्न सकिन्छ । यस स्थानबाट कास्कीको पूर्वमा काहुँडाँडा , गगनगौडा तनहुँको दुलेगौंडा , खैरेनीटार नर्सरी , हलेदी , शेराटार , ढोरफिर्दी देख्न सकिन्छ भने पश्चिमबाट स्याङ्जाको विभिन्न ठाउँहरु देख्न सकिन्छ । भिमादबजारबाट नजिक र सडकसञ्जालको राम्रो व्यवस्था भएकाले पनि आन्तरिक पर्यटकहरू यहाँ आउने गर्दछन् । विशेषत जाडो मौसममा  कुहिरोले विभिन्न ठाउँहरूलाई ढकमक्क ढाकेको हामीले यहाँबाट देख्न सक्छौं । यसका साथै जुनसुकै याममा पनि पिपलडाँडाबाट सूर्योदय र सूर्यास्त यहाँबाट प्रष्ट देख्न सकिन्छ । 

टाढाबाट आउने पर्यटकहरुको निम्ती पनि राङरुङ भिलेज रिसोर्ट सञ्चालनमा रहेकोले बसोबासको लागी कुनै समस्या छैन ।  पिपलडाँडा भ्युटावरको विकास र संरक्षणका निम्ती सबैजना एकजुट हुनुपर्ने पिपलडाँडा विकास समितिका अध्यक्ष उज्जवल खनालले बताए ।

 





Do you have a Business in Bhimad?

List out your services, locations and contact details for FREE!!!

Get Started