हरिबोधनी एकादशीको अवसरमा जनशान्ति युवा क्लब भिमादले शुद्द गाउँ तथा साविक वडा स्तरीय सिनियर पुरुष भलिबल एबम् वडा स्तरीय महिला भलिबल प्रतियोगिताको आयोजना गरेको छ । युवाहरुको खेलकौशललाई वृद्धि गर्न साथै भाइचारा कायम गर्नको निम्ति प्रतियोगिताको आयोजना गर्न लागेको जनशान्ति युवा क्लबले जनाएको छ । प्रतियोगीता कार्तिक २५ गते देखि कात्तिक २९ गते सम्म भिमाद भलिबल रंगशालामा संचालन हुनेछ । उक्त प्रतियगितामा पुरुष तर्फ प्रथम र दृतिय हुने टिमले क्रमश ७०, ४० हजारको साथमा शिल्ड मेडल र प्रमाणपत्र महिलातर्फ प्रथम हुने टिमले क्रमश २५,१५ हजारको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने जनशान्ति युवा क्लबका अध्यक्ष पदम श्रेष्ठले जानकारी दिए । साथै वेस्ट सेटर , वेस्ट प्लेयर एबम् उत्कृष्ट खेलाडीलाई उत्कृष्ट पुरस्कारको व्यवस्था रहेको उनले बताए । पुरुष भलिबल प्रतियोगिता लागी टिम दर्ता शुल्क ४ हजार ५ सय तोकिएको छ भने महिला भलिबल प्रतियोगिताको लागि २ हजार ५ सय तोकिएको छ । खेलाडीहरुलाई एकिकृत गर्न एबम् लकडाउनका कारण खेलकुदका गतिविधि खासै नहुनाले खेलकुदका गतिविधिहरुलाई चलायमान गराउनको लागि प्रतियोगिताको आयोजना गरेको क्लबका सचिव छबु थापाले जाकारी दिए ।
