Search By Titles

Filter by Tags

Bhimad News Event

भिमाद तेक्वान्दो एकेडेमिको प्रथम कलर बेल्ट ग्रेडिङ तथा खेलाडि सम्मान कार्यक्रम सम्पन्न

Amrit Pariyar

तनहुँको भिमाद नगरपालीका ६ मा शनिबार भिमाद (आइ.टि.एफ) तेक्वान्दो एकेडेमीको प्रथम कलर बेल्ट ग्रेडिङ तथा खेलाडी सम्मान कार्यक्रम सम्पन्न भएको छ । भिमाद (आइ.टि.एफ) प्रमुख प्रशिक्षक आकाश चन्द्र घर्तीमगरले २०७८ साल बैशाख देखि तेक्वान्दोमा रुचि राख्ने करीब ५० खेलाडीहरुलाई प्रशिक्षण दिँदै आएका थिए । आज ५० जना खेलाडीहरू परीक्षामा सहभागी भएका थिए । ५० प्रशिक्षार्थी मध्य मनिसा केसि , मोनिका कुवर र करुना थापाले सर्वोकृष्ट नजिता ल्याई दोहोरो प्रमोसन पाउन सफल भएका छन् ।


सफलता हासिल गर्दै सेतो बेल्ट बाट हाफ हरियो बेल्ट पाउन सफल भएका छन । अन्य बाकी खेलाडीहरु राम्रो अङ्क ल्याएर उतीर्ण भएको घर्तीले जानकारी दिए । उतीर्ण हुँदै सबै खेलाडीहरुले पहेंलो बेल्ट प्राप्त गरेका छन् । ग्रेडिङ कार्यक्रममा गण्डकी प्रदेश तेक्वान्दो संघका टुर्नामेन्टचिफ दिनेश बुढा मगर र सिनियर प्रशिक्षक किरण महत निर्णायकको भूमिकामा रहेका थिए । साथै सो अवसरमा आई.टि.एफ शुक्लागण्डकी नगरपालिकाका प्रशिक्षक उत्तम थापा र सोम बहादुर गुरुङले उतीर्ण हुने खेलाडीहरुलाई बधाई ज्ञापन गरेका थिए । यस्तै असोज ८/९ गते बाग्लुङमा सम्पन्न प्रथम गण्डकी प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगितामा तनहु जिल्लालाई एक मात्र स्वर्ण पदक दिलाई राष्ट्रिय प्रतियोगिता छनोट हुन सफल खेलाडी सोम बहादुर गुरुङ लाईपनि सम्मान गरिएको थियो ।




Do you have a Business in Bhimad?

List out your services, locations and contact details for FREE!!!

Get Started