Search By Titles

Filter by Tags

Bhimad News Event

भिमादनगरपालिकाको सभापतिका लागि अरबिन श्रेष्ठले दिए उम्मेदवारी

Amrit Pariyar

नेपाली काङ्ग्रेसको १४ औं अधिवेशन नजिकिँदै गर्दा नेपाली काङ्ग्रेस भिमाद नगरपालिकाको सभापतिका अरबिन श्रेष्ठले उम्मेदवारी दिएका छन् । । भिमाद नगरपालिका भित्रका सम्पूर्ण जातजाती ,भाषा , धर्म , संस्कृतिका नागरिकहरुलाई नेपाली कांग्रेसको मूलभूत सिद्धान्त र आदर्श सँग जोड्नको लागि उम्मेदवारी दिएको अरविन श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठले लामो समय देखि भिमाद नगरपालीका भित्र युवाहरुलाई एकढिक्का बनाई युवाहरुको नेतृत्व गर्दै आइरहेका छन् । 

श्रेष्ठले नेपाली काँग्रेस भिमाद नगर कार्य समितिको निर्माणाधीन पार्टीकार्यालयको भवनलाई १ वर्ष भित्र निर्माण कार्य सम्पन्न गर्ने , नेपाली काँग्रेसका वडा कार्यसमिति , टोल सुधार समिति , भातृ संगठन र अन्य संघसंस्थाहरुलाई समर्थन गरी पार्टी गतिविधि प्रभावकारी , सशक्त बनाउने 

शिक्षा स्वास्थ्य ,भौतिक निर्माण , कृषि पर्यटन र धार्मिक क्षेत्रको विकास सम्बर्धन एबम् प्रवर्दन गर्न केन्द्र , प्रदेश र स्थानीय सरकार संग समन्वय गरी बढी भन्दा बढी बजेटको व्यवस्था गरी ग्रामीण क्षेत्रको विकासलाई अगाडि बढाई आम नागरिकलाई समृद्धिको यात्रामा सवल बनाउने बताएका छन् । यस्तै  नगरसचिवका लागि विजय थापाले उम्मेदवारी दिएका छन् उनले पार्टी र भ्रातृ संगठन बलियो बनाउन आफूले नेतृत्वमा गएमा भूमिका खेल्ने बताए ।

Do you have a Business in Bhimad?

List out your services, locations and contact details for FREE!!!

Get Started