Search By Titles

Filter by Tags

Bhimad News Event

आन्तरिक पर्यटकको मुख्य गन्तव्यको रुपमा स्थापित हुँदै घाङ्च ल्हुम

Amrit Pariyar

चारैतिर अग्ला अग्ला डुङ्गा , बीचमा सानो गोरेटो बाटो , साथै तस्बिर कैद गर्नको लागी आकर्षक स्तम्भ । आफ्ना दौतरी साथीहरुको योजना बमोजिम शनिबार ( आज ) घाङ्च ल्हुम ( अग्लो ढुङ्गा ) घुम्न आएको आन्तरिक पर्यटक अमित परियार बताउँछन् । सामाजीक सञ्जाल भरी घाङ्च ल्हुममा घुम्न जाने अनि फोटो पोस्ट्याउने लहर चलेको देखेर मनको उत्सुकता मेटाउन यहाँ आइपुगेको उनी बताउँछन् । उनी जस्तै धेरै आन्तरिक पर्यटकहरुको यतिबेला घाङ्च ल्हुम ( अग्लो ढुङ्गा ) घुम्न जाने व्यक्तिहरूको लर्को लाग्ने गरेको पाइन्छ ।    

घाङ्च ल्हुम वनस्पति तथा पक्षीं उद्यान निर्माणकै क्रममा रहिरहदा पनि सामजिक सञ्जालमा भाइरल बन्न पुगेपछी पर्यटकहरुको बाक्लो उपस्थिति हुने गरेको घाङ्च ल्हुम वनस्पति तथा पक्षीं उद्यान विकास समितिका अध्यक्ष भेष बहादुर रानाले बताए । अहिले दैनिक ५ सय भन्दा बढी  पर्यटक भ्रमणको लागि घाङ्च ल्हुम आउने गर्दछन् । भिमाद नगरपालिका वडा नं ९  मोहोरीयामा रहेको घाङ्च ल्हुम भीमभैरव मोटरमार्ग हुँदै पुग्न सकिन्छ ।  भिमादबजारको ठाडोलाइन हुँदै राङरुङ् , चयनपुर , भानुमती चिहानडाँडा बाट देब्रे तर्फ  करिब ४ किलोमीटर यात्रा पछि घाङ्च ल्हुम ( अग्लो ढुङ्गा )मा पुग्न सकिन्छ ।  घाङ्च ल्हुम सम्म दुई पाङ्ग्रे सवारी साधन सहजै पुग्न सक्छन् भने सडक निर्माण कार्य चलीरहेकोले चारपाङ्ग्रे सवारीसाधन भने सहज तरिकाले पुग्न सक्दैन । सडक सञ्जाल जोडियता पनि बर्खायाममा पानीपर्ने ,पहिरो जाने , बाटो भासिने गरेकाले चारपाङ्ग्रे सवारीसाधनलाई आवतजावतमा समस्या हुनेगरेको मोहोरीया टोलबिकास समितिका अध्यक्ष बाबुराम रानाले बताए । डुड‌ुङ्मा सामुदायिक वनमा रहेको  घाङ्च ल्हुम  प्रख्यात हुनु पूर्व ठूलाठूला रुख बोटबुट्यानले  ढाकिएको अवस्थामा रहेको थियो , त्यसपछि  घाङ्च ल्हुम वनस्पति तथा पक्षी उद्यान निर्माण कार्य थालनी भए पश्चात सामजिक सञ्जाल मार्फत प्रख्यात बन्न पुगेको उनले बताए । आर्थिक वर्ष २०७५/७६ मा घाङ्च ल्हुम वनस्पति तथा पक्षी उद्यान र सूचनाहल निर्माण गरिएको रानाले बताए । अब आउँदै गरेको हिन्दूहरूको महानचाड दशैंको अवसरमा  घाङ्च ल्हुम वनस्पति तथा पक्षी उद्यान विकास केन्द्रको उद्घाटन गर्ने तयारीमा लागिरहेको रानाले बताए । मोहोरियाको गहनाको रूपमा रहेको घाङ्च ल्हुमलाई थप आकर्षित र व्यवस्थित बनाउनको लागि गेटनिर्माण , दुबो लगाउने , प्राङ्गण ढलान , कम्पाउण्डडिङ , वृक्षरोपण , टिकटघर निर्माण , रोहोटेपिङ्ग र लिङ्गे पिङ्ग निर्माण गर्न लागेको उनले बताए । 


पहिला पहिला सिद्धबाबाहरु  घाङ्च ल्हुम तथा घाङ्च ल्हुमभन्दा केही तल रहेको झाते डुङ्गामा तपस्या एबम् विश्राम गर्न  आउने गरेको किम्बदन्ती रहँदै आएको  भिमाद नगरपालिका वडा नं ९ का वडा अध्यक्ष इमान बहादुर थापाले बताए । समग्र भिमाद नगरपालिकाकै  गरिमा सँग जोडिएको घाङ्च ल्हुमको अस्तित्व र महत्वलाई जोगाउनु पर्ने दायित्व स्थानीय तहको समेत रहेको उनले बताए ।  

आन्तरिक पर्यटकहरुको रोजाइ बनी रहेको  घाङ्च ल्हुम सँगै भिमाद नगरपालिका ९ मा रहेको पाथर्दी सामुदायीक घरवास ( होमस्टे ) , इलुङ झरना , सिद्ध गुफा र चमेरो गुफा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उत्कृष्ट गन्तव्य रहेकोले सबै स्थललाई समेटेर कृषि र पर्यटन क्षेत्रको रुपमा विकास गर्नुपर्ने पाथर्दी सामुदायीक घरवासका अध्यक्ष शिव कुमार आलेले बताए ।

तनहुँ जिल्लाको चिनारीको रुपमा विकास भईरहेको घाङ्च ल्हुम भिमादबजार देखि भीमभैरव मोटरमार्ग बाट १४ किमी दुरीमा रहेको छ भने ,  भिमकाली मोटरमार्ग हुँदै भिमादनगरपालिका  २ भेटघाटचोकबाट पदमार्ग हुँदै घाङ्च ल्हुम सम्म पुग्न सकिन्छ ।  भिमादबजारबाट भिमकाली मोटरमार्ग हुँदै करिव ९ किमी दुरीमा रहेको छ  घाङ्च ल्हुम । ट्रेकिङ र हाईकिंग गर्न चाहनेहरुका लागि यो मार्ग उत्तम बन्न  सक्छ । 

Do you have a Business in Bhimad?

List out your services, locations and contact details for FREE!!!

Get Started