Search By Titles

Filter by Tags

Bhimad News Event

सिद्धगुफा यतिबेला पर्यटकको पर्खाइमा

Kiran M Subedi

तनहुँको भिमाद नगरपालिका वडा नं ७ र ९ मा  अवस्थित धन्दुर सिद्धगुफा यतिबेला पर्यटकको पर्खाइमा रहेको छ । भिजिट नेपाल २०२० मा १०० गन्तव्यमा सुचिकृत हुन सफल धन्दुर सिद्धगुफामा कोरोना भाइरस कोभिड-१९ कारण (बन्दाबन्दी ) लकडाउनको शिकार भएपश्चात् चहलपहलमा कमी आएको छ । लकडाउन हुनुपूर्व दैनिक २०० देखि ३०० आन्तरिक पर्यटक धन्दुर सिद्धगुफा पुग्ने गर्दथे भने लकडाउनका कारण यस सङ्ख्यामा कमी आएको छ । 


सिद्धगुफा परिसरमा दुईवटा गुफा रहेको छ । एक चमेरो गुफा अर्को सिद्ध गुफा । चमेरो गुफाको लम्बाई करिब १५०० मिटर रहेको छ भने सिद्धगुफाको लम्बाई ३०० मिटर रहेको छ । सिद्धगुफा ३ तलाको रहेको छ ।  यस्तै परापूर्वककालमा शिकारीहरुले शिकार खेल्न जाने क्रममा मृग लखेट्दै जाँदा चमेरो गुफा भित्र पसेको र सो मृगलाई शिकारी कुकुरले लखेट्दै जाँदा चमेरो गुफाबाट पसेर मोहोरियामा निस्किएको किंवदन्ती रहँदै आएको सिद्ध गुफा विकास समितिका अध्यक्ष दधिराज सुवेदीले बताउनुभयो । वर्षायाममा पानी पर्दा मोहोरीयाको केही क्षेत्रबाट पानी पसेर चमेरोगुफाबाट पानीकोभेल निस्कने गरेको उहाले बताउनुभयो । चमेरो गुफा नेपालकै लामो गुफा रहेको र  साथै सिद्धगुफा पनि  पहिले पहिले ७ तला सम्म रहेको र पछि आफै पुरिँदै गएर अहिले ३ तला सम्म मात्र रहेको उहाले बताउनुभयो  । पहिलो तलामा करिब ८० जना जति मानिसहरू अट्न सक्ने उहाले बताउनुभयो  । 

भिमाद बजारबाट पश्चिमतर्फ ३ किमी दुरीमा रहेको सिद्धगुफाको धार्मिक एतिहासिक महत्त्व रहेको छ । जिदी खोला किनारको घनाजङ्गल क्षेत्रमा रहेको सिद्ध गुफा भित्र स्वनिर्मित आकर्षक ढिकी , जाँतो , गाईका थुन , हात्तीको सुड , शिवलिङ्ग , र विभिन्न देवीदेवताका स्पष्ट आकृति देख्न सकिने सिद्ध गुफा विकास समितिका अध्यक्ष दधिराज सुवेदीले बताए । सिद्धगुफा भित्र रहेको गाईको थुनमुनी कुनैपनि व्यक्तिले हात थाप्दा दूध चुहिए उक्त व्यक्ति भाग्यमानी हुने जनविश्वास रहेको उनले बताए ।

विस्तारै लकडाउन खुकुलो भएसँगै सिद्ध गुफामा यतिबेला आन्तरिक पर्यटकहरुको आगमन हुन थालेको छ  । बजारको होहल्ला र कोलाहालबाट मुक्त हुन धेरैजसो व्यक्तिहरु यहाँ पुग्ने गर्दछन् । सडक सञ्जालको राम्रो व्यवस्था भएकाले जुनसुकै सवारी साधन यस क्षेत्रमा पुग्न सक्दछन् । धन्दुर सिद्धगुफामा पार्किङ स्थलको , पिकनिक स्पोर्ट , पिउनेपानी प्रतिक्षालयको राम्रो प्रबन्ध रहेको सुवेदीले बताए । भिमाद नगरपालिकाको चिनारी सिद्ध गुफालाई आगामी दिनमा मुख्य पर्यटकीय स्थलको रुपमा स्थापित गराउन भिमाद नगरपालिका साथै प्रदेश र केन्द्रीय तहले पनी चासो देखाउनु पर्ने स्थानियले बताए ।


Do you have a Business in Bhimad?

List out your services, locations and contact details for FREE!!!

Get Started