Search By Titles

Filter by Tags

Bhimad News Event

रोट्रयाक्ट क्लब अफ भिमाद द्वारा धन्दुर सिद्धगुफामा सरसफाई

Kiran M Subedi

विश्व पर्यटन दिवसको अवसरमा रोट्रयाक क्लब अफ भिमादले भिमाद नगरपालिका वडा नं ७ र ९ मा अवस्थित सिद्धगुफा धन्दुरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । स्वच्छ र हरियाली वातावरण बाँच्ने जीवनको आधार" भन्ने मुल नारा सहित रोट्रयाक्ट क्लबका सम्पूर्ण सदस्यहरू मिलेर सरसफाई अभियानमा जुटेको रोट्रयाक क्लब अफ भिमादका अध्यक्ष दीपेन्द्र भण्डारीले बताए । भिमाद नगरपालिकाको गौरव सँग जोडिएको भिजिट नेपाल २०२० अन्तर्गत १०० गन्तव्य मध्य पर्न सफल सिद्धगुफाको महत्त्व र प्राकृतिक सौन्दर्यता जोगाउन लागि सरसफाई कार्यक्रमको आयोजना गरेको उनले बताए ।

विगतमा सिद्धगुफा धन्दुर चर्चामा आए पनि लकडाउनका कारण ओझेल परेको कार्यक्रम संयोजक मनिष श्रेष्ठले बताए । स्थानीय ठाउँमा रहेको पर्यटकीय महत्व बोकेको सिद्ध गुफा धन्धुरलाई संरक्षण र सम्बर्द्धन गर्नुपर्ने सबैको दायित्व रहेको उनले बताए ।

Do you have a Business in Bhimad?

List out your services, locations and contact details for FREE!!!

Get Started