Search By Titles

Filter by Tags

Bhimad News Event

डेढगाउँले उचाल्यो भिमाद भलिबल कपको उपाधी

Amrit Pariyar

संविधान दिवसको अवसरमा आयोजित शुद्द गाउँ तथा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि डेढगाउँ भलिबल क्लबले उचालेको छ । आईतबार डेढगाउँ भलिबल क्लब र सारडाँडा भलिबल क्लब बीच भएको फाइनल खेलमा २-१ सेटले पराजित गर्दै डेढगाउँ भलिबल क्लबले उपाधि उचाल्न सफल भएको हो । 

डेढगाउँ भलिबल क्लबले सेमीफाईनल खेलमा राङरुङ भलिबल क्लबलाई पछि पार्दै फाइनलमा प्रवेश गरेको थियो भने सारडाँडा राङरुङ भलिबल क्लबले मोहोरिया भलिबल क्लबलाई पछि पार्दै फाइनलमा प्रवेश गरेका थिए । यस्तै छाङ भलिबल कल्ब भने तृतीय भएको छ । छाङ भलिबल क्लबले आयोजक वि लाई हराउँदै तृतीय भएको भिमाद भलिबल क्लबले जनाएको छ । 

प्रतियोगितामा प्रथम , दृतिय र तृतीय हुने क्लबले क्रमश ३०,२०,१० हजारको साथमा शिल्ड मेडल र प्रमाणपत्र हासिल गरेको भिमाद भलिबल क्लबका अध्यक्ष अनिल थापाले जानकारी दिए । असाेज ३ गते बाट शुरू भएको उक्त प्रतियोगितामा ३९ टिमको सहभागिता रहेको खेलकुद संयोजक विसन श्रेष्ठले जानकारी दिए ।

Tags

Do you have a Business in Bhimad?

List out your services, locations and contact details for FREE!!!

Get Started