Search By Titles

Filter by Tags

Bhimad News Event

भिमाद नगरपालिकामा बृस्तित जनस्वास्थ्य व्यवस्थापन फिल्ड अभ्यास कार्यक्रम सम्पन्न

Amrit Pariyar

भ्याली कलेज अफ टेक्निकल साइसेन्स सितापाईला काठमाण्डौमा ब्याचलर्ष इन पब्लिक हेल्थ (वि.पी.एच.) मा अध्ययनरत विद्यार्थीदहरुले तनहुँको भिमाद नगरपालिकामा बुधवार भिमाद नगरपालिकामा बृस्तित जनस्वास्थ्य व्यवस्थापन फिल्ड अभ्यास कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा भ्याली कलेज अफ टेक्निकल साईसेन्सका विद्यार्थीहरुले एक महिनाको अवधिमा भिमाद नगरपालिकाको स्वास्थ्य क्षेत्रको तथ्याङ्क उल्लेख गर्ने , पञ्च वर्षिय रणनितीक योजना तयार गर्ने , सुक्ष्म कार्ययोजना तयार गर्ने कार्यसम्पन्न गरेको वि.पी.एचका टोली प्रमुख एकेन्द्र जप्रेलले जानकारी दिए ।


भाद्र २६ बाट असाेज २० गते सम्म गरिएको अध्ययनमा परिवारनियोजन कार्यक्रममा देखिएकाले सोको समाधान गर्ने उपाय सम्बन्धी प्रतिवेदन तयार पारी भिमाद नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमन सिँ थापालाई हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रमलाई भ्याली कलेजका भ्याली कलेज अफ टेक्निकल साइसेन्सका उपप्रमुख विश्वास आचार्य , भिमाद प्राथामिक स्वास्थ्य केन्द्रका प्रमुख डा प्रकाश नेपालीले सम्बोधन गरेका थिए ।


Do you have a Business in Bhimad?

List out your services, locations and contact details for FREE!!!

Get Started