Search By Titles

Filter by Tags

Bhimad News Event

नेपाली कांग्रेस भिमाद नगरपालिकाको सभापतिमा अरविन श्रेष्ठ निर्वाचित

Amrit Pariyar

नेपाली कांग्रेस भिमादनगरपालिकाको सभापतिमा अरविन श्रेष्ठ निर्वाचित भएका छन्। बिहीबार भएको निर्वाचनमा कुल खसेको १५७ मत मध्ये सभापतिमा  अरबिन श्रेष्ठ ७५ मत ल्याएर निर्वाचित भएका छन् भने प्रतिद्वन्द्वी रामकृष्ण रानाले ७०  मत प्राप्त गरेका छन् । यस्तै बिहीबार सह-सचिव पदको लागी कृष्ण प्रसाद रिजाल , राहुल थापा र सन्तोष थापा विच भएको निर्वाचनमा राहुल थापा र सन्तोष थापा विजयी भएका छन्  । कुल १५७ मत मध्य सन्तोष थापाले ८८ मत प्राप्त गरेका थिए भने राहुल थापाले ८४ मत प्राप्त गरेका थिए र कृष्ण प्रसाद रिजालले ७१ मत प्राप्त गरेका छन् । 

यस्तै नगरकार्य समितिका लागी आश्विन ९ गते भएको नगरअधिवेशन बाट उपसभापतिमा भूपेन्द्र राज मल्ल , टेक बहादुर थापा , सचिवमा नरविर आले , विजय कुमार थापा सर्वसम्मत चयन भएका थिए । यस्तै सदस्यहरुमा कृष्ण कला सुवेदी , मोनिका गैरे , कृष्ण प्रसाद ढकाल , हरिवंश गैरे , कला घर्ती , सुनिता मास्की , आनन्द कुमार श्रेष्ठ , टेक नारायण श्रेष्ठ , दल प्रकाश थापा , पोष बहादुर थापा ( अजय ) , मन बहादुर थापा , विनु परियार गणेश सुनार र गिर बहादुर घर्ति भुजेल चयन भएको निर्वाचन अधिकृत चन्द्र प्रकाश सुवेदीले जानकारी दिए ।

Do you have a Business in Bhimad?

List out your services, locations and contact details for FREE!!!

Get Started